अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

साहित्यकार इन्दिरा प्रसाईलाई ‘वासु शशी स्मृति पुरस्कार’ प्रदान

बिआरटीनेपाल २०७७ चैत १३ गते ८:३२ मा प्रकाशित

साहित्यकार इन्दिरा प्रसाईलाई ‘वासु शशी स्मृति पुरस्कार’ प्रदान गरिएको छ । आज (शुक्रवार) भएको एक समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट साहित्यकार प्रसाईलाई पुरस्कार प्रदान गरिएको हो ।

वासु शशी स्मृति परिषदद्वारा आयोजित समारोहमा साहित्यकार कर्ण शाक्यलाई ‘वाशु शशी साहित्य सम्मान’ समर्पण गरिएको थियो ।त्यस्तै, श्रीओम श्रेष्ठ रोदन र रमण घिमिरे ‘कुमार सरस्वती साहित्य पुरस्कार’ बाट सम्मानित हुनुभयो ।

गणेश रसिकको सभापतित्वमा सम्पन्न समारोहमा परिषद्का सदस्यसचिव प्रद्युम्न जोशी र यादव भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू