अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

विश्व रेकर्ड कायम गर्न सगरमाथा चढ्दै गोविन्द, सबैतिरबाट आशा देखाइयो तर सहयोग भएन

बिआरटीनेपाल २०७७ फागुन २९ गते ९:४९ मा प्रकाशित

काठमाडौँ – यही चैत दोस्रो साता जन्मँदै पोलियो रोगी गोविन्द प्रसाद देवकोटा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै हुनुहुन्छ। विश्व कीर्तिमान राख्न पोलियो रोगी एक अपाङ्गता भएका व्यक्तिका तर्फबाट पहिलोपल्ट हुन लागेको सगरमाथा आरोहणको साहसी अभियानलाई सफल पार्न आर्थिक अभाव भएको उहाँले बताउनु भएको छ। शुक्रवार एक पत्रकार सम्मेलन गर्दै देवकोटाले भन्नु भयो ” सबैतिरबाट आशा देखाइयो सहयोग भएन “।

गर्भमै पोलियो रोगी भई जन्मिनु भएका ४७ वर्षीय गोविन्द प्रसाद देवकोटासँग जीवन सङ्घर्षका कथा झैँ लाग्ने यथार्थहरू उमेर भन्दा धेरै छन्। वाह ११ वर्ष सम्म हिँडडुल गर्न समेत सक्नु हुन्नथ्यो । बाल्यावस्था पार भई सकेपछि मुस्किलले भएको पोलियोको उपचारले शारीरिक अपाङ्गता निक्कै कम त भयो तर पूर्वरूपमा हटेन जो भोगिरहनु परेको छ , अहिले पनि ।

‘मनमा साहस भयो भने संसार जित्न सकिन्छ’ , ‘असम्भव भन्ने हुँदैन’ भने झैँ गोविन्द देवकोटाले ६००० मिटर भन्दा अग्ला केही हिमालको सफल आरोहण गरिसक्नुभएको छ। अब यही चैत महिनामा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहणमा निस्कने तयारीले देवकोटाको दैनिकी अचेल ज्यादै व्यस्त भएको छ । सगरमाथा आरोहणका अरू सबै तयारी भए पनि उहाँलाई पैसाले रोक्ने हो की भन्ने डर छ।

उहाँलाई लैजाने कम्पनीलाई ६७ लाख र अरू आवश्यक भौतिक समान किन्न ५/७ लाख गरी कुल चाहिने ७५ लाख जति मध्ये उहाँसँग २५/२६ लाख को मात्र जोहो छ। बाँकी पैसा सहयोगकालागी सबैसंग देवकोटाले अनुरोध गर्नुभएको छ।

आफूले सकेको आर्थिक सहयोग गर्न चाहनुहुनेले गोविन्द प्रसाद देवकोटाको प्राइम बैङ्कमा रहेको खाता नम्बर ००७०३६६४ PD मा नगद जम्मा गरिदिनुहुन बहाले आग्रह गर्नु भएको छ। जन्मजात पोलियो रोगीको तर्फबाट हुन लागेको सगरमाथा आरोहणको यो साहसी अभियान सफल बनाउन हामी सबैले सक्दो सहयोग गरौँ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू