अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

विश्वमा अद्भुतशक्ति भएका रहस्यमयी ५ बच्चा

बिआरटीनेपाल २०७७ फागुन २९ गते ७:१३ मा प्रकाशित

बच्चाहरु अनेक किसिमका हुन्छन् । रुन्चे, हँसिलो, रिसाहा, फटाहा, होचो, अग्लो, मोटो, दुब्लो, शारीरिक रुपमा केही फरक र मानसिक रुपमा पनि फरक भएका अनेक किसिमका बच्चाहरु पृथ्वीमा जन्मिरहेका हुन्छन् । बच्चाहरुका केही गुण फरक भए पनि आम बच्चाहरुको स्वभाव समान किसिमको हुने गर्छ । तर पृथ्वीमा कहिले केही असामान्य क्षमता भएका फरक किसिमका बच्चाहरु पनि जन्मिरहेका हुन्छन् । आज हामी केही फरक, अद्भुत क्षमता भएका र रहस्यमयी बच्चाका बारेमा यहाँ चर्चा गर्दैछौँ ।

ब्याक आइड चिल्ड्रेन
सन् १९९६ अभिलेन टेक्सासमा एउटा यस्तो अचम्मको घटना घट्यो । त्यस घटनाका बारेमा एक रिपोटरले रिपोर्ट समेत बनाए । उनले आफ्नो रिपोर्टमा जे लेखेका थिए त्यो विश्वास गर्न कठिन हुन्छ । ती रिपोर्टर एक मुभि थिएर बाहिर कसैलाई प्रतिक्षा गरिरहेका थिए । एक्कासी दुई बच्चाहरु उनको गाडी भएको ठाउँ नजिकै आए । बच्चा देखेपछि ती रिपोर्टरले कारको सिसा खोले । बच्चाहरुले उनीसँग फिल्म हेर्न र खाना खानका लागि पैसा माग्न थाले । अचानक ती रिपोर्टरको ध्यान बच्चाको अनुहारमा पर्यो । बच्चाको छालाको रङ पहेंलो थियो भने आँखा पुरै कालो थियो । त्यो देखेर रिपोर्टर डराए र गाडी ब्याक गरे । गाडी ब्याक गरिसकेर हेर्दा दुवै जना बच्चा पहिलेको ठाउँमा थिएनन् ।

ती रिपोर्टरको यो घटनाका बारेमा लेखिएको लेख सार्वजनिक भएपछि बजारमा त्यस्ता बच्चाबारे अन्य घटना पनि आउन थाले । त्यसपछि पत्ता लाग्यो कि ती बच्चा कुनै भ्रम नभएर सत्य थिए । र उनीहरुको नाम ‘ब्याक आइड चिल्ड्रेन’ राखियो ।

किङ उङ योङ
सन् १९६२ मार्च ८ तारिख दक्षिण कोरियाको एक जिल्लामा एक अनौठो बाच्चाको जन्म भयो । किङ उङ योङ नामका ती बालक चार महिनामा नै बोल्न थालेका थिए भने एक वर्ष पनि नपुग्दै उनी दुई वटा भाषा बोल्न थाले । विद्यालय पनि जान नथालेका किङ तीन वर्षमा ६ वटा भन्दा बढी भाषा बोल्न थाले । त्यति सानै उमेरमा उनी फिजिक्सका सबै समस्याहरु सजिलै समाधान गर्थे । उनको यो अचम्मको कलाबाट संसारका धेरै ठूलाठूला संघसंगठन र नासा समेत अचम्मित पर्यो । उनलाई ८ वर्षको उमेरमै नासाले आफूसँग काम गर्न प्रस्ताव गरेको थियो । उनी त्यहि उमेरमा नासामा रिसर्चरको काम गर्न थालेका थिए । उनमा यो अद्भुत क्षमता कसरी आयो भन्ने कुरा अहिलेसम्म पनि रहस्यमयी छ ।

संसारकै सानो उमेरका सर्जन
भारतका अक्रित जैसवाल संसारका सबैभन्दा सानो उमेरका सर्जन हुन् । उनी सात वर्षको उहाँ उनको घर छेउमा एक बच्चीलाई आगोले पोलेको थियो । आगोले बच्चीका हातका औँला पूरै डढेका थिए । गरिब परिवारकी भएका कारण उनलाई उपचार गर्न अस्पताल लैजाने अवस्था थिएन । त्यस अवस्थामा अक्रितले बच्चीको उपचार आफैँ गरे र उनका हातका औँला ठिक बनाइदिए । जबकी उनलाई मेडिकल क्षेत्रको बारेमा कुनै जानकारी थिएन् । उनमा यो क्षमता कसरी आयो भन्ने कुरामा अक्रित स्वयम अनविज्ञ भएको बताउँछन् ।

दलाई लामा
दलाई लामाको बाल्यकाल धेरै रहस्यमय हुन्थ्यो । जो बच्चा दलाई लामा हुन्थे ती बच्चा अनौठो क्षमता भएका हुन्थे । आफ्नो मृत्यु भन्दा अगाडि दलाई लामा आफ्नो केही संकेत छोडेर जान्छन् ता की आगामी दलाई लामाको पहिचान गर्न सकियोस ।

सन् १९३७ मा जब चौधौँ दलाई लामाको पहिचान भयो तब उनीभन्दा अगाडी जुन दलाई लामा थिए उनले पूर्वतीर इसारा गरेका थिए । जब नयाँ दलाइ लामाको खोजी हुन्छ तब बच्चाहरुलाई पुराना दलाई लामाका बस्तुहरु देखाइन्छ । र जुन बच्चाले ती वस्तु एक क्षणमा चिन्छन् ती बालक नै अघिल्लो दलाई लामाको रुप हुने गर्दथे ।

अनुसन्धानकर्ताले आजसम्म पनि पत्ता लगाउन सकेका छैनन की आजसम्म देख्न नसकेको वस्तुलाई बच्चाले कसरी एक क्षणमा नै चिन्न सक्छ । स्थानीय मानिसहरु भने यस कुरालाई पूर्व जन्मको संज्ञा दिने गर्छन् ।

हरियो रङका बच्चा
१२ औं शताब्दीको अवधिमा इङ्ल्यान्डमा कहिँबाट दुई बच्चा आए एक केटा र एक केटी । उनीहरु हेर्दा मान्छे जस्तै थिए तर उनीहरुको छालाको रङ हरियो थियो ।

उनीहरुले यस्तो भाषा बोलिरहेका थिए कि जुन भाषा पृथ्वीमा अन्य कतै बोलिँदैन थियो । ती बच्चाले काँचो भटमास बाहेक अरु केही पनि खाँदैन थिए । विस्तारै उनीहरुले अंग्रेजी भाषा सिके र अन्य खानेकुरा पनि खान थाले । उनीहरुको हरियो रङ पनि परिवर्तन भइ अन्य मानिसको जस्तै हुँदै थियो ।

पछि केटा बच्चा बिरामी परेर मर्यो । केटी बच्ची भने ठूली भइ र उसले आफूहरुको बारेमा बताइ । उनीहरु दिदीभाइ थिए र उनीहरु सेन्ट मार्टिन भन्ने ठाउँमा बस्थे जहाँ उनीहरु जस्तै हरियो रङका अरु पनि मानिस थिए । उनीहरुको छुट्टै दुनिँया थियो । तर त्यस बेला इङ्ल्यान्डमा सेन्ट मार्टिन भन्ने कुनै पनि ठाउँ थिएन । ती बच्चा कहाँबाट आए भन्ने कुरा अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

(जनता समाचार मार्फत)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू