अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

कोरिया च्याप्टरको १११ औँ नारी दिवसमा विश्वकाव्य गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन २५ गते ८:१६ मा प्रकाशित

सौल, कोरिया । १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले हिजो मार्च ७ तारिख २०२१ आइतबार जुमको भर्चुअल माध्यमबाट विश्वकाव्य गोष्ठी सम्पन्न गरेको छ ।

वरिष्ठ साहित्यकार माया ठकुरीको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्री तथा अतिथिमा अनेसास क्षेत्रीय उपाध्यक्ष एवम् एसिया समितिका संयोजक बाबा बस्नेत रहनुभएको थियो । नारी स्रष्टाहरूको सम्मानमा राखिएको उक्त कार्यक्रममा नारी स्रष्टाहरूले नारी विशेष रचनाहरू प्रस्तुत गरेका थिए । अमेरिका, बेलायत, नेपाल, इज्राएल, सिक्किम लगायतका स्रष्टाहरू क्रमशः मोलिला जोशी, राधिका गुरागाई, समाश्री, दीपा राई पुन, दीपा मेवाहाङ राई, तारा अधिकारी, सरला श्रेष्ठ, मञ्जिला अनिल, सरु बस्नेत, सुशीला खड्का हसिना, उर्मिला कार्की, जीविका अश्रु, ममता कर्माचार्य, विमला निरौला, शशी थापा, प्रमोद सारांग लगायतले नारी विशेष रचनाहरू वाचन गरेका थिए।च्याप्टरले विशेष वाचन गर्ने स्रष्टाहरूलाई विश्वकाव्य गोष्ठी सम्मान गरेको थियो ।

यस वर्ष च्याप्टरले सम्मानस्वरुप नारी स्रष्टाद्वय साहित्यकार माया ठकुरी र गीता खत्रीलाई अभिनन्दन गरेको थियो।नेपाली कला साहित्यका चम्किला नक्षत्र मैनाली कथा पुरस्कार तथा रत्नश्री स्वर्णपदक लगायत अनेकौँ सम्मानबाट विभूषित साहित्यकार माया ठकुरीलाई नेपाली भाषा साहित्यको विकास, विस्तार र उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउनु भएको र नेपाली कथालाई उचाइ दिएकोमा उहाँको अतुलनीय योगदानको कदर गर्दै विशिष्ट सम्मान तथा अभिनन्दन गरेको छ।त्यसै गरी बोर्ड अफ ट्रस्टीकी अध्यक्ष गीता खत्रीलाई अनेसासमा लामो समयदेखि योगदान पुर्‍याएको र एसियाली महिला स्रष्टा मध्येको चर्चित पुस्तक सेमलेस डिजायर मार्फत नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा दिएको योगदानको उच्च कदर गर्दै च्याप्टरले अभिनन्दन गरेको थियो ।

कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सार​’ गको सभापतित्वमा सम्पन्न सो कार्यक्रम च्याप्टरका उपाध्यक्ष लोकराज न्यौपानेले सञ्चालन गरेका थिए भने कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’ले गरेका थिए ।

विश्वकाव्य गोष्ठी करिब दुई घण्टा लगातार रूपमा चलेको थियो । साहित्यकार महेश्वर पन्तको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको प्रत्यक्ष प्रसारण इनेप्लिजले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू