अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

म्यान्मारमा आन्दोलनमा मारिएकी १९ वर्षे एञ्जलको अन्तिम फेसबुक पोष्ट

बिआरटीनेपाल २०७७ फागुन २२ गते ८:०३ मा प्रकाशित

गत माघ १९ गते म्यानमा सेनाले ‘सैनिक कू’ गरी सत्ता कब्जा गर्यो । त्यसयता म्यानमारका नागरिकले निरन्तर सैनिक कू विरुद्ध प्रदर्शन गरिरहेका छन् । यहाँ बुधबार एकै दिन ३८ सहित हालसम्म सेनको गोली लागेर ५४ जना भन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाइसकेका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका नागरिकमाथि सेनाले क्रूर व्यवहार गरिरहेको छ । कूयता संसद् सदस्य र प्रदर्शनकारी सहित एक हजार सात सय भन्दा धेरै मानिस गिरफ्तार गरिएको समेत गरिएको छ ।

सैनिक कू विरुद्ध आन्दोलनमा मारिएका ५४ जना मध्ये एक १९ वर्षीया शाहसी युवती पनि परेकी छन् । मृत युवती एन्जलको ‘सबै कुरा ठिक हुनेछ’ लेखिएको तस्बीर यतिबेला सामाजिक सञ्जालमा व्यापक भएको छ भने उनलाई ठूलो मात्रामा श्रद्धाञ्जली समेत दिएको देख्न सकिन्छ ।

आन्दोलनमा गएपछि मर्न पनि सकिन्छ भन्ने एन्जललाई पक्का थियो । त्यसैले उनले आन्दोलनमा जानुअघि आफ्नो मृत्युपश्चात अंगदान गरिदिन आग्रह गर्दै फेसबुकमा स्टाटस राखेकी थिइन् । उनको यो स्टाटसले पनि धेरैको मन छोएको छ । आन्दोलन चलिरहँदा पनि सेनाको गोलीबाट अरुलाई बचाउन र सुरक्षा दिन उनी खटिएको उनीसँगै रहेक उनका एक मित्रले बताएका छन् । सेनाले फ्यालेको अश्रुश्याँसको पिरोबाट आन्दोलनकारीलाई बचाउन र सेनाको गोलीबाट उनीहरुलाई जोगाउन पनि उनले निकै प्रयास गरेकी थिइन् तर अन्तिममा एन्जल आफैँले सेनाको गोली खाइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू