अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

आईआईएफटीले पायो ‘बेस्ट फेसन डिजाइनिङ अवार्ड’

बिआरटीनेपाल २०७७ फागुन १५ गते ९:०९ मा प्रकाशित

काठमाडौँ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रवार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो ।

आईआईएफटीले ‘ बेस्ट फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक बिपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको श्रेय आईआईएफटी परिवारलाई नै जान्छ ।’

ड्रिम्स एजेन्सीले आफ्नो सातौँ वार्षिकीको अवसरमा आयोजना गरेको कार्यक्रममा विभिन्न ५० वटा विधामा अवार्ड तथा सम्मान गरिएको प्रदान गरिएको छ । जसमध्ये फेसन क्याटगोरीमा १० वटा विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको हो । ती सिक्वेन्सबाटै ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ विधामा तीन वटा इन्टिच्युटले प्रतिस्पर्धा गरेका थिए ।

आयोजकका अनुसार अनलाइन भोटिङ सिस्टम र आन्तरिक मूल्याङ्कनका आधारमा उत्कृष्ट छनोट गरिएको हो । बागबजार प्लाजा र मान भवनमा रहेको आईआईएफटीले विगत लामो समयदेखि फेसनका विद्यार्थी उत्पादन गर्दै आएको छ । पछिल्लो समय आईआईएफटी उत्कृष्ट फेसन इन्स्टिच्युटको रूपमा समेत स्थापित हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू