अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

आइतबार पाँचौँ संस्करणको ‘र्‍याली अफ होप’ हुद, विश्व नेताहरूले सम्बोधन गर्ने

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:५७ मा प्रकाशित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडेरेसनले यही आइतबार पाँचौँ र्‍याली अफ होप आयोजना गर्ने भएको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिँदै आएको र्‍याली अफ होपको यस शृङ्खलामा शान्तिको साझेदारीलाई टेवा दिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरू भेला हुँदैछन् । कार्यक्रममा विश्व नेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतीहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गर्नेछन् ।

युनिभर्सल पिस फेडेरेसनकी सहसंस्थापिका डा.हाक जा हान मुनद्वारा आयोजित अनलाइन र्‍याली फेब्रुअरी २८ तारिख आइतबार, नेपाली समय अनुसार बिहान ७ बजे विश्वभर एकैसाथ प्रसारण हुने छ भने उक्त कार्यक्रमलाई विश्वका करोडौँ दर्शकहरूले दृश्यावलोकन तथा मूल्याङ्कन गर्नेछन् ।

कार्यक्रमलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्क, पूर्वी टिमोरका पूर्व राष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्व उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोप विज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायत विश्व नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अद्भुत डिजिटल प्रविधि मार्फत प्रस्तुत हुने ९० मिनेटको कार्यक्रममा विश्व प्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू