अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

ओलीले अदालतलाई धम्क्याए – महामन्त्री मोहनविक्रम सिंह

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:१० मा प्रकाशित

नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई समेत आक्रमण गरेर ओलीले अधिनायकवाद देखाएको उहाको टिप्पणी छ । सोमबार बिहान प्रगतिशील पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता रहेको समेत बताउनुभयो ।

नेता सिंहले कांग्रेससहितका सबै दलको संयुक्त आन्दोलनको बलले संसद् पुनःस्थापना गर्नुपर्ने ठहर गर्नुभएको छ । नेपाल भारत, अमेरिका र चीनको स्वार्थको क्रिडास्थल बन्ने खतरा देखिएको र ओली त्यसको मतियार बनेको सिंहको टिप्पणी थियो । एमसीसीको नाममा भारत र अमेरिकाबाट नेपाल ध्वस्त पार्ने र चीनको पनि आक्रमणको स्थल नेपालै बन्ने खतरा रहेको सिंहले बताउनुभयो ।

संसद् पुनःस्थापनाबाटै समस्या समाधान र विकल्प खोज्न सकिने उल्लेख गर्दै नेता सिंहले प्रदेश तहमा अविश्वास प्रस्ताव आयो भने प्रचण्ड नेपाल समूहलाई साथ दिने उहाँले संकेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू