अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४६ | Colorodo: 13:01

कोरोनाका कारण विदेशमा थप एक जना नेपालीको ज्यान गयो

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१६ मा प्रकाशित

कोरोनाको संक्रमणबाट विदेशमा यो हप्ता थप १ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट ज्यान गएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको विभिन्न ४ नयाँ भेरियन्ट देखा परेको बताउँदै स्वास्थ्य समितिमा आवद्ध चिकित्सकहरुले अहिले प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धान अनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी संक्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू