अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

“कि राजनीति छाडौं कि चुनावको तयारीमा लागौं” – सभापति देउवा

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२३ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । शुक्रबार नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालय उद्घाटन गर्दै सभापति देउवाले ‘निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने’ बताउनुभयो ।

२ वर्षपछि होस् कि अहिले होस् चुनाव भएरै छाड्ने उल्लेख गर्दै उहाँले चुनावको तयारी गर्दैमा केही नबिग्रने उहाको भनाई थियो । संसद विघटन गराउन सक्ने प्रधानमन्त्रीले चुनाव पनि गराउन सक्नुपर्ने देउवाले बताउनुभयो । नेपाली कांग्रेससका नेता तथा कार्यकर्ताहरु केपी शर्मा ओलीको विरुद्धमा बोल्न थालेको भएपनि पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा बोल्न अझै हिच्किचाउने गरेको भन्दै सभापति देउवाले हिम्मतवाला पार्टी बनाउनु आबश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेससलाई निर्वाचनमा अन्य पार्टीले भन्दा पनि आफ्नै पार्टीको नेता कार्यकर्ताबीचको मनमुटाबले हार्नुपरेको तितो यथार्थ सुनाउँदै सभापतिले अबको दिनमा त्यस्तो गल्ति गर्न नहुने बताउनुभयो । निर्वाचनमा उम्मेदवार छनौट गर्दा एकापसमा छलफल र सहकार्य गर्ने प्रतिवद्धता समेत उहाको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू