अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

कोरोनाका कारण मृत्यु हुने मध्ये ६६ प्रतिशत दिर्घरोगी

बिआरटीनेपाल २०७७ फागुन ५ गते ७:१४ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका मध्ये ६६ प्रतिशत व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा इपिडिमियोलोजिष्ट डा. विराजमान कर्मचार्यले संक्रमणका कारण ज्यान गुमाउने वालवालिकादेखि वृद्धवृद्धा सम्ममा कुनै न कुनै स्वास्थ्य समस्या रहेको जानकारी दिनुभयो ।

तीमध्ये ४० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप, ३६ प्रतिशत व्यक्तिमा श्वाशप्रश्वासको समस्या, ३३ प्रतिशतमा मधुमेह र २५ प्रतिशत मिगौलारोगी रहेका छन् ।२२ प्रतिशत व्यक्तिमा भने अन्य रोग देखिएको थियो ।मृतकमध्ये ५ देखि १४ बर्ष उमेर समूहका बालबालिकामा भने सतप्रतिशत कुनै न कुनै रोग देखिएको डा. कर्मचार्यले जानकारी दिनुभयो ।

यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सही तथ्याङ्क नदिने अस्पताललाई स्पष्टीकरण सोध्ने र सचेत गराउने जनाएको छ । अब कोरोना परीक्षण केही सरकारी अस्पतालमा मात्र गराउने समेत मन्त्रालयले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू