अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

प्रहरी हिरासतमा झाँक्रीसँग प्रहरीको प्रश्न र झाँक्रीको जवाफ

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:३६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरी हिरासतमा पुग्नुभएका नेकपा नेतृ रामकुमारी झाँक्री रिहा हुनुभएको छ ।

उहाँलाई पक्राउ पुर्जी जारी गरेर प्रहरीले हिरासतमा लिएको थियो । झण्डै पाँच घण्टा बढी महानगरीय अपराध महाशाखा,मीनभवनको हिरासतमा रहनुभएका झाँक्रसँग प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।त्यसक्रममा प्रहरीको प्रश्न थियो–सम्मानित राष्ट्रपतिप्रति किन त्यस्तो अभिव्यक्ति दिनुभयो ?

जवाफमा झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको बताउनुयो तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको उहाँको दाबी थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू