अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान

बिआरटीनेपाल २०७७ माघ २२ गते १२:४५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज महिला समितिले विश्व महिला खुल्ला कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको कुरा शहर्ष बताउँदै समितिको संयोजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहिलो विश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता “ सन्तुलन र साथै शव्च्छ समाज निर्माणमा“ महिलाका सृजनाहरू र सोचहरूका विषयहरूले समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने र यो आवश्यक भएको कुरा पनि समितिको सन्योजकउर्मिला निर्दोषीले जानकारी गराउनुभयो।

प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको, महिला जनजीवन माथि लेखिएको कवितालाईविशेष प्राथमिकता दिइने , र प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने कुराको समेत समितिको संयोजक उर्मिलानिर्दोषीले जानकारी गराउनुहुँदै कविता मा २० मार्च २०२१ सम्ममा प्राप्त भइसक्नु पर्ने हदम्याद हरेको पनि जानकारी गराउनुभयो ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने कुरा समेत समितिको संयोजक उर्मिला निर्दोषीले जानकारी गराउनुभयो।

“आमाहरू हरेक बच्चाका पहिलो शिक्षकहरू, हरेक महिलाहरू गृहस्थीका मुटुहरू र महिलाहरू नै समाजका

मेरूदन्डहरू हुन् र महिलाका सृजनाहरू समाजका दर्पणहरू हुन र महिलाहरूका अन्तर भावनाहरू सामाजिक पथपर्दशकहरू पनि हुन भन्ने कुरा समितिको संयोजक उर्मिला निर्दोषीले जानकारी गराउनुभयो र यस्तो प्रतियोगिता समय समयमा अरू संस्थाहरूले पनि गर्नुपर्नेमहत्वमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू