अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

नेम्बाङको स्मृतिमा साहित्यकार डा.गोविन्द भट्टराईलाई सम्मान गरिने

बिआरटीनेपाल २०७७ माघ ९ गते २१:२० मा प्रकाशित

पाँचथर-राजनीतिज्ञ तथा साहित्यकार फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष स्व. अमरकुमार नेम्बाङको नाममा स्थापित श्रष्टा सम्मान पुरस्कार यसबर्ष वरिष्ठ समालोचक साहित्यकार डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । अघिल्लो वर्षबाटै अमर नेम्बाङ लिम्बु स्मृति ट्रस्टको स्थापना गरी वितरण सुरु गरेको साहित्य पुरस्कार एक लाख धनराशिको छ । तर यस वर्ष उक्त पुरस्कार मध्ये पचास हजार श्रष्टालाई वितरण गरिने र बॅाकि पचास हजार विश्वलाई नै स्तब्ध बनाएको सरूवारोग कोरोनाको महामारीबाट समुदायलाई जोगाउनका निमित्त ट्रस्ट मार्फत पाँचथरका ८ वटै पालिकाहरूमा वितरण गरिने स्वास्थ्य सामग्री खरिदको राशिमा थपिने कुरा ट्रस्टका अध्यक्ष श्री मुनीन्द्र नेम्बाङले जानकारी गराएको छ ।

नेम्बाङको नाममा स्थापित ट्रस्टले गत वर्ष देखिनै साहित्यसँगै सामाजिक, शैक्षिक र खेल क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई कदर गर्दै, सम्मान स्वरूप पुरस्कार वितरण गर्नुका साथै सामाजिक क्षेत्रमा सेवाको कार्य गर्न पनि थालिसकेको छ । स्वर्गीय अमर नेम्बाङ लिम्बुको स्मृति सभा यस पटक सधाझै यही माघ महिनाको २६ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू