अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने

बिआरटीनेपाल २०७७ माघ २ गते ८:२६ मा प्रकाशित

नेपाली साहित्यलाई विश्व मञ्चमा पुर्‍याउने उद्देश्य अनुरूप काम गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ । ‍अक्टोवर, २०२१ मा गरिने उक्त सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट पचास र नेपाली पचास लेखक कविसहित करिब सय जना सर्जकको सहभागिता रहने छ ।

सम्मेलनका लागि अनेसास केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार एलबी क्षेत्रीलाई संयोजक तोकेको छ । साहित्यकार क्षेत्री अनेसासका सल्लाहकार पनि हुन् । यसै गरी बैठकले अनेसास नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीलाई सदस्य सचिव चयन गरेको छ ।

सम्मेलनमा साहित्यिक कार्यक्रमका साथै नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । कवि गोष्ठी, प्यानल डिस्कसन, कार्यपत्र प्रस्तुतलगायतका गतिविधिका साथमा विदेशी लेखकलाई नेपालका पर्यटकीय स्थलको भ्रमण गराइने छ ।

सम्मेलनलाई सफल पार्न मूल आयोजक समिति र विभिन्न तयारी उपसमितिहरू गठन गर्ने कार्य भइरहेको छ । सम्मेलन अनेसासको देखेको सपना मध्यको एक भएको बताउँछन् अनेसास अध्यक्ष प्रकाश पौडेल माइला । उनी भन्छन् ‘नेपाली भाषा साहित्यका अतिरिक्त कला र संस्कृतिलाई समेतलाई अन्तर्राष्ट्रिय जगतसँग परिचित गराउने यो हाम्रो एक अभियान हो । धेरै अगाडिदेखिको अनेसासको सपना अव छिट्टै पूर हुने विश्वास छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू