अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

नेपाली अभिनेत्री जसिता गुरुङ संसारकै सय सुन्दर युवतीको सूचीमा

बिआरटीनेपाल २०७७ पुष १५ गते ७:१६ मा प्रकाशित

नेपालकी जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको सूचीमा परेकी छन् ।अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं स्थानमा परेकी छन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सार्वजनिक गरेको सय उत्कृष्ट युवतीको सूचीमा अभिनेत्री गुरुङ पनि सफल भएकी हुन् । २४ वर्षीया अभिनेत्री गुरुङ पोखराकी हुन् । उनले प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’बाट अभिनय करियर शुरु गरेकी थिइन् ।

सूचीको पहिलो स्थानमा इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया रहेकी छिन् । सूचीमा हलिउडको ‘वन्डर वुमन’ अभिनेत्री गल ग्याडट २१ औं स्थानमा छिन् । टीसी क्यान्डलर र इन्डिपेन्डेन्ट क्रिटिक्सले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छन् । टीसी क्यान्डलरले विगत ३० वर्षदेखि सौन्दर्य मापन गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू