अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

अनेसास एसिया क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

बिआरटीनेपाल २०७७ पुष १३ गते ८:११ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले महादेशीय रूपमा आफ्नो गतिविधि बढाउने उद्देश्यअनुरूप हालै एसिया क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला सम्पन्न गरेको छ ।

केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजनमा सम्पन्न सो भेलामा जापान च्याप्टरका अध्यक्ष गिरिजा गैरे, कतार च्याप्टरका अध्यक्ष सीताराम थापा, मिजोरम च्याप्टरका अध्यक्ष डा. गुनु घर्ती, कुवेत च्याप्टरका अध्यक्ष हिमाल अञ्जना, साउदी अरब च्याप्टरका अध्यक्ष नमराज लामिछाने, नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरीलगायतका एघार च्याप्टर प्रतिनिधिहरूले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा , उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले र कोषाध्यक्ष कृष्णकुमार गिरीले भेलाको उपादेयताबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू दीप पाठक, प्रमोद सारङ्ग, निजानन्द मल्ल, माया गुरुङलगायतले पनि सहभागिता जनाएका थिए ।

अनेसासका केन्द्रीय सल्लाहकार द्वय राधेश्याम लेकाली र डा. लक्षणप्रसाद गौतमको शुभकामनासहित अनेसास बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष द्वय पुरु सुवेदी र पदम विश्वकर्माको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू