अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

मिस नेपाल २०२० का प्रतिस्पर्धीहरुको पीसीआर परीक्षण गरियो

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:२१ मा प्रकाशित

मिस नेपाल २०२० का प्रतिस्पर्धीसहित आयोजक टिमको कोभिड– १९ परीक्षण गरिएको छ । आयोजक संस्था हिडेन ट्रेजर मिस नेपाल(२०२० को मेडिकल पार्टनर रहेको नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रमकाबीच प्रतिस्पर्धीहरुको स्वास्थ्य परीक्षण गरेको हो । आगामी मसिंर २० मा हुने ग्राण्ड फिनाले र त्यसअघि हुने आवासीय प्रशिक्षणमा प्रवेश गर्नुअघि उनीहरुको पीसीआर परीक्षण गरिएको हो । यस वर्षको मिस नेपालमा एक नयाँ उपाधिमा समेत सुन्दरीको छनोट हुने भएको छ ।

मेडिसिटी मिस हेल्दी नाम दिइएको उपाधिका लागि शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक पक्षमा अब्बल प्रतिस्पर्धीको छनोट हुने र विजेता नै नेपाल मेडिसिटीको गुडविल एम्बासेडर रहने छिन् । महामारीका बीचमै आयोजना हुन लागेको मिस नेपाल २०२० लाई कोभिडरहित र समग्र आयोजक तथा सहभागीको स्वास्थ्यलाई ख्यालमा राख्दै नेपाल मेडिसिटी अस्पतालले भर्चुअल तथा भौतिक दुवै माध्यमबाट सेवा प्रदान गर्नेछ ।

यसअघि भने नेपाल मेडिसिटी अस्पतालले मिस वर्ल्ड २०१९को ’ब्युटी विथ पर्पोजकी’ विजेता तथा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्टका लागि मेडिकल पार्टनरका रुपमा काम गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू