अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

विमल विमल डाँगी र सरिता डाँगीको पछिल्लो प्रस्तुति “मेरो हजुर” आजबाट बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ८:५० मा प्रकाशित

काठमाडौँ । ब्यवसायिकता जस्तो सुकै भएता पनि नेपाली गीत सङ्गीतको माध्यमबाट समाजको आवाज बुलन्द गरिरहेका सर्वप्रिय गायक तथा सर्जक विमल डाँगीको पछिल्लो साङ्गीतिक प्रस्तुति “मेरो हजुर” प्रकाशनमा आएको छ । डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो साङ्गीतिक पाठशाला बनाएका उनले यस अघि पनि थुप्रै गीतहरू बजारमा ल्याइसकेका छन् । “उनको पानसमा बत्ती बालेको, फापरको पिठो पठाइदेऊ आमा, पागलै बनौला, तिमि बाट म टाढा हुँदै छु, लगायतका थुप्रै गीतहरू आज पनि असङ्ख्य श्रोता तथा दर्शकहरूको उच्च रोजाइमा परिरहेका छन् ।

उनै गायक तथा सर्जक विमल डाँगीले पछिल्लो साङ्गीतिक प्रस्तुति “मेरो हजुर” ले पनि असङ्ख्य श्रोता तथा दर्शकहरूको मन जित्ने देखिन्छ । किन कि गीतमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भावलाई थप प्रगाड़ता बनाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । तसर्थ यस गीतलाई पनि सामाजिक यथार्थता भित्रको प्रष्टता भन्दा फरक नपर्ला । त्यसो त पछिल्लो समय बजारमा आएका गीतहरूले छोटो चर्चा परिचर्चा मात्र पाउने गरेको हामी मनन गर्न सक्दछौँ । गायक तथा सर्जक विमलका प्रस्तुतिले भने सदाबहार श्रोता तथा दर्शकहरूको मन जितिरहेको हुन्छ ।

यिनै गीतको चौतर्फी सफलता पछि बजारमा आएको विमलको “मेरो हजुर” बोलको गीतमा विमल डाँगी र उनकै अर्धाङ्गिनी सरिता डाँगीको स्वर सुन्न सकिन्छ । हामीले यो पनि अड्कल काट्न सक्छौँ कि, गीतको भाव अनुसार, सम्पूर्ण सङ्गीत पारखीहरूलाई केन्द्रित गर्दै पस्किएको यो गीत विमलले आफ्नै अर्धांगिनीलाई कुनै अवसर पारेर उपहार प्रदान गरिरहेका छन् । विमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र निता ढुङ्गानाको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायाङ्कन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन विष्णु शर्माले गरेका छन् । हामी गायक तथा सर्जक विमल डाँगीका अन्य अघिल्ला सिर्जना जस्तै यस गीतको पनि पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू