अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

गायिका बिमोचना लम्जेलको ‘सपना मेरो’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते २१:५५ मा प्रकाशित

काठमाडौँ । आफ्नी आमा चर्चित लोक गायिका डेजी बराइलीको स्वरमा रहेको गीत ‘भैँसी लड्यो है’ गाएर भ्वाइस अफ नेपालको मञ्च बाट आफूलाई परिचित गराउन सफल गायिका बिमोचना लम्जेलको सुमधुर स्वरमा रहेको नयाँ गीत ‘सपना मेरो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

एक युवतीको भविष्यको सपना र कल्पना व्यक्त गरिएको यस गीतका शब्द गायिका लम्जेल र विवेक क्षेत्रीले मिलेर लेखेका हुन्। गीतमा सङ्गीत गायिका लम्जेल र दार्जिलिङका सुपरिचित सङ्गीतकार र गितार वादक अनित थापाको रहेको छ।

दार्जिलिङमा रेकर्डिङ भएको गीतको भिडियो पनि दार्जिलिङको मिरिक वरपर छायाङ्कन गरिएको हो। म्युजिक भिडियोमा अंकिता थुलुङ राई, सुभाष तामाङ, बिन्द्या तामाङको अभिनय देख्न सकिन्छ। अरविन्द राज प्रोडक्शनको निर्माणमा तयार पारिएको भिडियोलाई गायिका लम्जेलको अफिसिएल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायिका लम्जेलले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया