अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

३१ अक्टोबरमा देखिन लागेको ‘ब्लु मून’ के हो ?

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:५७ मा प्रकाशित

यो वर्षको अक्टोबर महिनाको अन्तिम दिन ‘ब्लु मुन’ आउँदैछ। ‘ब्लु मुन’ दुर्लभ मानिन्छ। संयोग यो वर्ष हलोइन पनि एकै दिन पर्न गएको छ।‘ब्लु मुन एक असामान्य घटना हो । यो दुई वा तीन वर्षको समयमा देखिन्छ। तर सन् २०२० मा देखिएको जस्तै ब्लु मुन हेर्नलाई सन् २०३९ सालसम्म कुर्न पर्ने छ। नासाका अनुसार अधिकांश ब्लु मुन पहेँलो र सेतो रंगको देखिन्छन्। तर यो चन्द्रमा ती भन्दा फरक रहनेछ। क्यालेन्डर अनुसार महिना परिवर्तन हुने बेलामा दोस्रो चन्द्रमा एकै महिनामा परेमा भौतिक गुण, आकार प्रकारमा परिवर्तन हुँदैन । यसको रंग एकै रहन्छ।

कहिलेकाँहि निलो चन्द्रमा देखिनु सामान्य हो तर यसको पछाडिको कारण फरक हुन्छ। यो वायुमण्डलको परिस्थितिमा निर्भर रहन्छ। यस्ता घटनाको प्रसिद्ध उदाहरण सन् १८८३ मा छ। त्यतिबेला ज्वालामुखी बिस्फोटन भएको थियो, ज्वालामुखीबाट निस्किएको धुँवा हावमा मिसियो अनि चन्द्रमा निलो देखियो। खगोलीय घटना चाहिँ चन्द्रमा निलो हुने विषयमालाई मान्दैन। खगोलशास्त्र एक महिनामा दुई पल्ट पूर्णिमा देखियो भने त्यसलाई ब्लु मुन भन्छ। नाम ब्लु मुन भनिए पनि चन्द्रमा निलो भने देखिँदैन। खगोलशास्त्री भन्छन्, ३१ अक्टोबरको रात आकाश सफा हुन्छ। त्यसैले टेलिस्कोपको मद्दतले जसले पनि चन्द्रमा हेर्न सक्छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू