अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

दिलको ड्राइभर सार्वजनिक – म्यकुरी र कन्चन एउटै पर्दामा

बिआरटीनेपाल २०७७ कार्तिक २ गते १०:०० मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएकी इशा कार्कीद्वारा श्रीजीत तथा संगीतवद्द दिलको ड्राइभर सार्वजनिक भएको छ । यसमा स्वयम् इशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ भने सङ्गीत संयोजन रीकेश गुरुङको रहेको छ । हास्य कलाकार पवन खतिवडा “म्याकुरी” र कञ्चन खड्काको अभिनय रहेको गीतलाई मनोज विष्टले निर्देशन तथा टेकेन्द्र शाहले सम्पादन गर्नु भएको हो ।

राज महर्जनको कोरियोग्राफीमा ह्याप्पी क्रु र चार्मिङ ईन्टरटेनमेन्टको दमदार प्रस्तुति रहेको छ । अमेरिकामा दीपक बम्जन र नेपालमा रामकुमार केसीद्वारा छायाङ्कन गरिएको भिडियोलाई इसा कार्की र अमृतजंग कुँवरले परिकल्पना गर्नुभएको हो । भिडियो एमबी क्रियशनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू