अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

भारतीय गायक कुमार सानुलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:२९ मा प्रकाशित

चर्चित भारतीय गायक कुमार सानुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।कुमार सानुको टीमले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।कोरोना संक्रमण भएपछि १४ अक्टोबर उनी परिवारसँग भेट्न अमेरिका जाने कार्यक्रम पनि स्थगित गरेका छन्।

उनले विगत ९ महिनादेखि आफ्नो परिवारसँग भेटघाट गर्न पाएका छैनन्। उनले भनेका थिए, ‘ म आफ्नो परिवार सलोनी, छोरी शैनन तथा ऐनाबेलसँग भेट्नको लागि आतुर छु। अब २० अक्टोबर सँगै भेट्नेछौ र जन्मदिन मनाउनेछौँ।’उनले आउँदो डिसेम्बरमा पत्नीको जन्मदिन मनाएर मात्रै मुम्बइ आउने बाचा गरेका थिए। तर कोरोना संक्रमण भएपछि उनले ती सबै प्लानहरु स्थगित गरेका छन्। उनी बस्दै आएको बीएमसी फ्लोरलाई सील गरिएको छ।

यता, उनकी पत्नी सोनालीले भनेकी छिन्, ‘ यदि उनलाई सन्चो भएपछि ८ नोभेम्बरसम्म अमेरिका आउनुहुन्छ। तर अहिले उहाँ क्वारेन्टिनमा बस्नु भएको छ।’ यसका साथै उनकी पत्नीले भनेकी छिन्, ‘हामी विगत ९ महिनादेखि एकअर्कालाई भेटेका छैनौ। भेट्न मनमा छट्टपट्टि भइरहेको छ।’

प्रतिक्रिया