अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

“निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध छैन”– पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७७ असोज १८ गते ७:०० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठका उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभयो । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत वितरण भइसकेको र केहीलाई स्थानान्तरण गर्ने कामको सुरुवात भएको उहाको भनाई छ ।१९ सय हेक्टर क्षेत्रफल जमिनमा बन्ने एयरपोर्ट भएकाले कति रुख कटान हुन्छ भन्ने सम्बन्धमा रुखको गणना गर्ने काम भइरहेको पनि भट्टराईको भर्नाइ थियो ।

विभिन्न १२ वटा ब्लकमा विभाजन गरेर रुख गणनाको सुरुवात गरिएको र अहिले सम्म २ वटा ब्लकको गणना गर्नेकाम सकिएको उल्लेख गर्दै उहाँले २ वटा ब्लकमा ६५ हजार रुख रहेको पनि जानकारी गराउनुभयो । उक्त तथ्याङ्कका आधारमा करिब ४ लाख रुख कटान हुने अनुमान गरिएको मन्त्री भट्टराईले बताउनुभयो ।

यसैबीच, विमानस्थल निर्माणका लागि लगानी जुटाउने काम पनि लगानी बोर्डमार्फत भइरहेको बताउदै भट्टराईले लगानी बोर्डले जुरिच अन्तर्राष्ट्रिय विमानस्थललाई लगानीकर्ताको रुपमा छनौट गरिसकेको र विभिन्न दुई चरणमा प्रपोजल आदानप्रदान भइसकेको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू