अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

पदम विश्वकर्माको गजल सार्वजनिक

बिआरटीनेपाल २०७७ असोज १७ गते २१:०३ मा प्रकाशित

साहित्यकार पदम विश्वकर्माको नयाँ गजल आजै सार्वजनिक भएको छ । “सोच तिम्रो” शीर्षकको सो गजल चर्चित गायक राज सिग्देलको स्वरमा राम कार्कीको सङ्गीत, सुरेश थापाको निर्देशन र दीपक आचार्य, इष्टु कार्की, प्रशान्न पोखरेल र मुना सिलवालको कलाकारिता रहेको छ ।

पदम विश्वकर्माको यस अघि शब्द सुमन कविता सङ्ग्रह, Word Floret (अनुवादित कविता सङ्ग्रह) र तमसुक कथा सङ्ग्रह प्रकाशित छन् । विश्वकर्मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष र बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पनि हुन् । विश्वकर्माले सोच तिम्रो गजल आफ्नो जन्मदिनको अवसरमा सार्वजनिक गरेका हुन् ।

 

गजलको लिङ्क यस प्रकार छ:

प्रतिक्रिया