अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

अजरबैजानका ३ वटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी

बिआरटीनेपाल २०७७ असोज १७ गते ६:५४ मा प्रकाशित

नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तकाक्रममा शनिबार बिहान अजरबैजानका तीनओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ ।अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो ।यसअघि, अर्मेनियाले अजरबैजानले तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

उक्त क्षेत्रमा सुरु भएको भिडन्तकाक्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो ।

उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ–’शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुईओटा गरी हामीले शत्रुका तीनओटा जेट विमान खसालिदिएका छौं ।’रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेख्नुभएको छ । उहाँले उक्त क्षेत्रको दक्षिणी भू-भागमा आएका ती विमानहरु खसालिएको जनाउनुभएको छ । सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू