अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

नेप्से दोहोरो अङ्कले बढ्यो

बिआरटीनेपाल २०७७ असोज १५ गते ६:४५ मा प्रकाशित

केही दिनदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक बिहीबार भने २० दशमलव ६१ अङ्कले बढेको छ । बिहीबार परिसूचक बढेर १५ सय ७१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । बिहीबार जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ । निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा धेरै ३३२ दशमलव ४१ अङ्कले र जीवन बीमा समूहको उपसूचक १५७ दशमलव ३३ अङ्कले बढेको छ । दुई अर्ब ८० करोड रुपैयाँ बराबरका झण्डै एक करोड कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार बैंक अफ काठमाण्डौ लिमिटेडको सबैभन्दा धेरै १४ करोड ७६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । माउण्टेन हाइड्रो नेपाल लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै १० प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू