अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

अनेसास केन्द्र र च्याप्टरबिच छलफल सुरु

बिआरटीनेपाल २०७७ असोज ११ गते २०:४४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्वभर रहेका आफ्ना च्याप्टरका गतिविधि, समस्या र सम्भावनालाई लिएर अनेसास केन्द्र र च्याप्टरका अध्यक्षबिच छलफल सुरु गरेको छ ।

यसको पहिलो शृङ्खला अन्तर्गत आइतबार भएको अनलाइन छलफल कार्यक्रममा उत्तर अमेरिका क्षेत्रका अनेसास च्याप्टर अध्यक्ष र अनेसास केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अनेसासका (उत्तर अमेरिका), उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा उत्तर अमेरिकाका १५ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरूले च्याप्टर र केन्द्रबिच हुनुपर्ने सम्बन्धका बारेमा बिचार राखेका थिए । उनीहरूले यस प्रकारको कार्यक्रमले अनेसासको उद्देश्य अनुरूप सहकार्य गर्न सहज हुने बताए ।

कार्यक्रममा बोर्ड अफट्रष्टी सभापति गीता खत्री, अनेसास अध्यक्ष प्रकाश पौडेल माइला, बोर्ड अफट्रष्टी उपसभापति पदम विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, महासचिव सर्वज्ञ वाग्ले , उपाध्यक्ष बाबा बस्नेत र राजेश बुढाथोकी,, कोषाध्यक्ष कृष्ण गिरी,सदस्यहरू दीप पाठक, डा, रेणुका सोलु, प्रमोद सारङ्ग, निजानन्द मल्ल, तारा अधिकारीलगायतले सहभागिता जनाएका थिए ।

यसै गरी च्याप्टरबाट अध्यक्षहरू शकुन ज्ञवाली , उर्मिला निर्दोषी , भानुभक्त आचार्य , नम्रता गुरागाईँ, यम पौडेल, ईश्वर बगाले, दीप कार्की, ईश्वरी भट्ट, किरण मानिके, कपिल अधिकारी, तिलक कार्की, कमल पन्थी, कमला न्यौपाने, सीता कोइराला र सतिश त्रिपाठी (उपाध्यक्ष), लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई अन्य महादेशहरूमा पनि निरन्तरता दिने अध्यक्ष माइलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू