अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६
| Colorodo: 14:11
पाल्पाको रम्भा गाउँपालिका फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि आज बिहान खसेको पहिरोले बेलौजाका हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँचजना बेपत्ता भएका हुन् ।
यसैगरी फोक्सिङकोटकै सुरुमडाँडामा एक गर्भवती महिला पहिरोमा परि बेपत्ता भएकी छिन् । लगातार वर्षा भइरहेको र पहिरो झर्न नरोकिएकाले उद्वार कार्यमा कठिनाई भएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।