अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

गजल

स्पन्दन बिनोद २०७७ असोज ७ गते ६:४५ मा प्रकाशित

ढुङ्गाले हान्नेलाई पनि फूलले हान्नुपर्छ
दुश्मन जे सोचेस् तिमीले मित्र ठान्नुपर्छ

अवसरको पर्खाईमा हुन्छन् अवसरवादी
तिम्रो संस्कारमा नभए नि सबै जान्नुपर्छ

तिमीतिर फर्के तिमी अरूतिर फर्के अरू
भनिरहोस् उसले तर तिम्रै भनेर मान्नुपर्छ

समय सबैको एकै हुन्न नआत्तिनु तिमी
खुट्टा तान्ने दुष्टले तिम्रो हात तान्नुपर्छ

धेरै कुरा अभाव हुन्छ फूलझैँ जीवनमा
फूल देखेरै नि बगैचामा काँडा छान्नुपर्छ

प्रतिक्रिया