अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

भारतले माल्दिभ्सलाई २५ करोड डलर बराबरको ऋण उपलब्ध गराउने

बिआरटीनेपाल २०७७ असोज ५ गते ७:१५ मा प्रकाशित

भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमा आएको सङ्कटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ ।

माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिए पनि विदेशी पर्यटकहरूको ठूलो संख्यामा यहाँ फर्कन सकेका छैनन् ।माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’ को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको हो ।

कोरोना महामारीसँग जुध्नका लागि माल्दिभ्समा अहिले पनि रातको समयमा कर्फ्यू रहेको छ ।मालदिभ्समा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ९ हजार ६०० रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । एसियाली विकास बैंकले गत वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष साढें २० प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू