अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

युरोपमा कोरानाको भयावह बन्ने विश्व स्वास्थ संगठनको चेतावनी, गम्भीर बन्न आग्रह

बिआरटीनेपाल २०७७ असोज १ गते २३:२४ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लूगले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभएकोछ ।उहाँले पछिल्लो दुई हप्तामा युरोपका सदस्य राष्ट्रमा कोरोनाको नयाँ संक्रमित संख्यामा दोब्बरले वृद्धि भइरहेको बताउदै निकै गम्भीर स्थिती निम्तिने सक्ने खतरा औल्याउनुभएको हो ।

हिजो कोपेनहेगनमा बोल्ने क्रममा क्लूगले अघिल्लो हप्ता युरोपभरी ३ लाख नयाँ संक्रमित थपिएको जानकारी पनि दिनुभयो ।मार्च महिनामा महामारी उत्कर्षमा पुगेका बेलाभन्दा अहिले संक्रमण बढिरहेको उहाँले बताउनुभयो ।यो संख्या व्यापक परीक्षणको नतिजा भएपनि भाइरसको संक्रमण खतरनाक स्तरमा पुग्न लागेको बताउँदै यो आँकडालाई हामी सबैले निकै गम्भीर रुपमा लिनुपर्ने उहाँको भनाई छ ।

संसारभरी कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । गत वर्ष चीनबाट सुरु भएको यो भाइरसका कारण हालसम्म ९ लाख ४२ हजार बढीको मृत्यु भएको छ । डब्ल्यूएचओका अनुसार महामारीको सुरुवातदेखि अहिलेसम्म युरोपमा ५० लाख संक्रमित भेटिएका छन् भने २ लाख २८ हजारको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू