अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

कोरोनाविरुद्धको लडाइँमा नागरिक अग्रमोर्चाका सिपाही हुन् – परराष्ट्रमन्त्री ज्ञवाली

बिआरटीनेपाल २०७७ असोज १ गते ७:४७ मा प्रकाशित

परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाको सिपाही भएको बताउनुभएको छ ।यो लडाइँ सरकारको मात्र नभएको भन्दै उहाँले सबै नागरिकलाई सतर्क र सचेत रहँदै सहयोग गर्न आग्रह गर्नुभएको छ । मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने लडाइँ नभएको पनि बताउनुभयो ।

गुल्मीको सदरमुकाम तम्घासमा बिहीबार कोभिड–१९ परीक्षण प्रयोगशाला ल्याबको उद्घाटन गर्दै उहँले यस्तो बताउनुभएको हो । वर्तमान सरकारले स्वास्थ्यको क्षेत्रमा पर्याप्त ध्यान दिँदै कोभिडका कारण बिग्रन लागेको अर्थतन्त्रलाई लयमा फर्काउन र विदेशबाट फर्केका बेरोजगारहरुलाई रोजगारी प्रदान गर्नतर्फ लागेको बताउनुभयो ।

परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले सरकारले ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर र १ दशमलव ५ प्रतिशतका दरले गरिबी घटाउँदै लगेको भन्दै नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू