अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो

बिआरटीनेपाल २०७७ असोज १ गते ७:३६ मा प्रकाशित

नेपाल टेलिकमको बिलिङ प्रणालीमा शनिबार बिहान समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको र प्रणालीमा आएको समस्या समाधान गरिएको अधिकारीले बताउनुभयो ।

बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो । डेटा प्याक लिएर भन्दा नियमित ब्यालेन्सबाट डेटा चलाउँदा महँगो पर्ने भएकाले उपभोक्ताहरुले धेरै रकम काटिएको गुनासो गरेका थिए ।

सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापत्को रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले बताउनुभयो । मेन ब्यालेन्सबाट काटिएको रकम पनि डेटा प्याककै दर लगाएर बाँकी रकम ब्यालेन्सको रुपमा फिर्ता गर्ने प्रक्रियामा रहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू