अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन

बिआरटीनेपाल २०७७ भदौ ३१ गते १:५१ मा प्रकाशित

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको भूमिकामा रहनुभएको थियो । उहाँ आबेका नजिकका सहयोगी मानिनुहुन्छ । सुगाले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने सम्भावना रहेको जनाइएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू