अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

विश्वभर २ करोड ६ लाख १० हजार ३ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ २७ गते ७:१२ मा प्रकाशित

विश्वभर हालसम्म २ करोड ६ लाख १० हजार ३ सय कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ९७ हजार २ सय १३ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि ७१ लाख ६६ हजार ३ सय ७५ जना संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ६० हजार ८ सय ९० जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, ७१ लाख ५ हजार ४ सय ८५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । कोरोना भाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६६ लाख ३८ हजार ६३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा ४६ लाख ६५ हजार ४ सय ६९ जना संक्रमित हुँदा ७७ हजार ५ सय ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ४२ लाख ८३ हजार ९ सय ७८ जना संक्रमित भएका छन् भने १ लाख ३० हजार ४ सय ७४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू