अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

नेपालमा एकैदिन अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण, ३ सय २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ २६ गते ७:०९ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । गएको २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने यो संख्या अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घण्टामा १० हजार ७ सय १ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा १ हजार ४ सय ५४ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा ९ सय ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै कोरोनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

अहिले नेपालमा १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये १ सय ७० जना आईसीयू छन भने २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ५ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू