अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९
| Colorodo: 04:04
नेपालमा कोरोना भाइरस सङ्क्रमण भइ निको हुने दर ९९ दशमलव १ प्रतिशत रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १४ दिन अगाडिको सक्रिय सङ्क्रमितको तथ्याङ्कलाई आधार मान्दा निको हुने दर ९९ दशमलव १ प्रतिशत हुन आउने बताउनुभयो ।
यस्तै, उहाँले सङ्क्रमितको मृत्युदर ० दशमलव ९ प्रतिशत रहेको बताउनुभयो । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३ सय १७ जनाको ज्यान गएको छ भने ३५ हजार सात सय उपचार पछि निको भएका छन् । सङ्क्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।