अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:५९ मा प्रकाशित

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । उहाँको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएर गुरुङलाई सोमबार अस्पताल लगिएको थियो । उहाँको कलेजोमा समस्या देखिएको बताइएको छ ।

सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उहाँ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो । गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेख्नुभएको छ ।

यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गनुृभएको थियो भने पछिल्लो समय उहाँ फिल्म ‘हुतुतु’ लेखनमा ब्यस्त हुनुहुन्थ्यो । गुरुङले डेब्यु गरेको चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट लेखकको अवार्ड प्राप्त भएको थियो । गुरुङको लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारीमा छ । २०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू