अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

स्वदेश फर्कन नपाउँदा परदेशमै नेपाली श्रमिकको प्रदर्शन, उडान संख्या थपिदिन राजदूतहरुको माग

बिआरटीनेपाल २०७७ भदौ २४ गते ६:४५ मा प्रकाशित

समयमा घर फर्कन नपाएपछि नेपाली श्रमिकहरुले परदेशमै आफ्नो सरकार विरुद्ध प्रदर्शन थालेका छन् । कोरोना महामारी सुरु भएदेखि नै बेरोजगार भएर घर फर्कने प्रतिक्षामा रहेका साउदीका श्रमिकहरु प्रदर्शनमा उत्रन बाध्य भएका हुन् ।

कोरोना महामारी सुरु भएपछि झण्डै तीन महिना कुनैपनि अन्तर्राष्ट्रिय उडान भएनन् भने त्यसपछि समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीकै लागि चार्टर्ड जहाज उड्न थालेपनि घर फर्कने नेपाली धेरै र उडान संख्या थोरै हुँदा आफैं टिकट काटेर आउँछु भन्ने श्रमिक पनि फर्कन नपाएका हुन् । हातमा सुको नभएर टिकटै काट्न नसक्ने श्रमिकको समस्या झनै दयनीय रहेको बताईएको छ ।

श्रमिकहरु महिनौंदेखि स्वदेश फर्कने आशमा दुःख सहेर घर फर्कनैका लागि कुरिरहेका छन् । तर कहिले उडान नै स्थगित गर्ने कहिले भाडामा मोलतोल गर्ने त कहिले नेपाली लिन गएको जहाज पनि रित्तै फर्कनेजस्ता प्रवृत्तिले श्रमिकको धैर्यताको बाँध फुट्न थालेको छ । त्यसैले उनीहरु परदेशको कानुन र परिस्थितिको वास्तै नगरी सडकमै आन्दोलन गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू