अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

अनेसास प्रवक्तामा पूजा मनोनीत

बिआरटीनेपाल २०७७ भदौ २१ गते २०:०५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रवक्तामा गोवर्ध्दन पूजा मनोनीत भएका छन् । अनेसासको विधान अनुरूप एक जना प्रवक्ता मनोनयन गर्ने प्रावधान रहेको छ । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
मनोनीत प्रवक्ता पूजा साहित्य र पत्रकारितामा चिरपरिचित नाम हो । अन्नपूर्ण पोस्टको वरिष्ठ उपसम्पादकका रुपका करिब दश वर्षको अनुभव सँगालेका पूजा त्यसअघि हिन्दु, कालान्तर, दिव्यदर्शन, मधूरस, राष्ट्रशक्ति, श्रीदेउरालीलगायतका पत्रिकाको विभिन्न पदमा रहेर कार्य गरेका थिए । नेपाली र भूगोल विषयमा एमए गरेका पूजाका १० ओटा साहित्यिक कृति प्रकाशित छन् ।

दश वर्षअघि अमेरिका आउनुअघि पूजाले पत्रकारिता र विभिन्न कलेजमा प्राध्यापन गर्ने गर्दथे । अनेसासको महासचिवमा दुई कार्यकाल बिताएका पूजा हाल वरिष्ठ उपाध्यक्षका रूपमा आबद्ध छन् । मनोनीत प्रवक्ताको कार्यकाल दुई वर्षको रहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू