अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

कोरोना विरुद्धको खोपको लागि हुने अन्तर्राष्ट्रिय पहलमा अमेरिका सहभागि नहुने

बिआरटीनेपाल २०७७ भदौ १७ गते २२:५३ मा प्रकाशित

अमेरिकाले कोरोना भाइरस विरुद्धको खोपको लागि कुनै पहल नगर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउनका लागि हुने कुनैपनि किसिमको अन्तर्राष्ट्रिय पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सुरक्षित र प्रभावकारी खोपको अनुमति पाउन र त्यसको लाइसेन्स प्राप्त भइसकेपछि सबैको पहुँचमा खोपलाई न्यायसंगत रुपमा पुर्याउन तथा सुनिश्चित गराउनका लागि विश्वका १ सय ७२ देशको पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको हो ।

अमेरिकाले कोरोना भाइरस महामारीको विषयमा विश्व स्वास्थ्य संगठनमाथि पटक पटक आरोप लगाउँदै आएको छ । कोरोना महामारीको विषयलाई लिएर असन्तुष्ट बनेको अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्दै संगठनबाट अलग्गिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू