अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

‘पीसीआरको लागि दबाब नदिउँ, राज्यको धेरै पैसा खर्च हुन्छ’–स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:३७ मा प्रकाशित

सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ ।पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुएको हो ।

सरकारले आवश्यक ठानेका, लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिले मात्रै पीसीआर परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ । पीसीआर परीक्षण नै कोरोनाको औषधि जस्तो नगर्न तथा शंका लागेका र कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएकाहरु घरमै आइसोलेशनमा बस्दा सबैभन्दा उत्तम हुने प्रवक्ता गौतमले बताउनुभयो ।

उहाँले होम आइसोलेशनमा बस्दा आफू मात्रै नभइ अरु व्यक्ति पनि सुरक्षित हुने भएकाले लक्षण नदेखिएकाहरु आइसोलेशन सेन्टर या अस्पतालमा जानु नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू