अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

२ सय अर्ब डलर सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बने जेफ बेजोस

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:४९ मा प्रकाशित

अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसको कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गरेको छ । ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् ।

कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको हो । फोर्ब्सका अनुसार अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो ।

दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्सको सम्पत्ति एक सय १६ दशमलव ०२ बिलियन डलर छ ।यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर भएको छ ।

त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्ट महिनाको सुरुमा नै सय अर्ब डलरको सूचीमा सामेल भएका थिए । बुधबार उनको सम्पत्तिमा आठ दशमलव पाँच अर्ब डलरले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू