अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०२ | Colorodo: 17:17

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिको नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण सम्पन्न

बिआरटीनेपाल २०७७ साउन २३ गते ९:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रद्वारा संस्थाको २९औँ वार्षिक साधारण सभा तथा २०७औँ भानु जयन्ती कार्यक्रम अनलाइन भिडियो कन्फ्रेसिङको माध्यमद्वारा आयोजना गरियो । कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

यसै कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रको २०२०-२०२२ कार्यकालको लागि जुलाई १७ देखि १९ सम्म भएको निर्वाचनमा विजयी भएका पदाधिकारीहरूलाई पदको शपथ ग्रहण गराउने कार्य पनि सम्पन्न भयो । यस अवसरमा निर्वाचन समितिको संयोजक डा चूडामणि खनालले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराउनुको साथै सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । यसै गरी कार्यक्रमका सभापति राधेश्याम लेकालीले निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

यसरी निर्वाचित हुने पदाधिकारीहरू अध्यक्षमा प्रकाश’माइला’ पौडेल, वरिष्ठ उपाध्यक्षमा गोवर्धन पूजा, क्षेत्रीय उपाध्यक्ष – अमेरिकामा राजेन्द्र के श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष – एसियामा बाबा बस्नेत, क्षेत्रीय उपाध्यक्ष – युरोपमा सुनिल सङ्गम, क्षेत्रीय उपाध्यक्ष – ओसियानामा राजेश बुढाथोकी, महासचिवमा सर्वज्ञ वाग्ले, सचिवमा विमला निरौला, कोषाध्यक्षमा कृष्ण कुमार गिरी र सदस्यहरूमा अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष तारा अधिकारी, रेणुका बस्नेत थापा, दीप पाठक ‘देवेन्द्र’, प्रमोद सारङ्म र निजानन्द मल्ल हुनुहुन्छ ।

सो अवसरमा भानु प्रतिष्ठान (नेपाल) लाई “अनेसास भानु विशेष सम्मान २०२०” बाट सम्मानित गरियो । यसै गरी स्रष्टाहरू प्रभा भट्टराई, डा. देवी नेपाल, बलराम दाहाल, दुर्गा रिजाल, र सरु बस्नेतलाई “अनेसास भानु सम्मान”बाट सम्मानित गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्वहरूबाट साहित्यिक रचना पाठ पनि गरिएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सम्बन्धी समाचार र सूचनाहरू सम्प्रेषणमा सहयोग गर्ने बिआरटीनेपाल लगायतका मिडिया र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिका सदस्यहरूलाई पनि प्रसंशापत्र प्रदान गरिएको थियो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू, बोर्ड अफ ट्रस्टिजका पदाधिकारीहरू र सल्लाहकारहरू होमनाथ सुवेदी, मोहन सिटौला, गीता खत्री, पदम विश्वकर्मा, प्राध्यापक डा. खगेन्द्र लुइटेल, डा. दुर्गा दाहाल लगायतले निवर्तमान समितिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा नवनिर्वाचित समितिलाई सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो । संस्थाको वार्षिक साधारण सभा बन्द सत्रमा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू