अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

‘कालोपोथी’का पटकथा लेखक भामलाई नयाँ प्रोजेक्टको लागि करोड पुरस्कार

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:४३ मा प्रकाशित

‘कालो पोथी’ चलचित्रका पटकथा लेखक मिन बहादुर भामलाई नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड)का लागि पचहत्तर हजार यूरो (झण्डै एक करोड ३ लाख रुपैयाँ) बराबरको पुरस्कार प्राप्त भएको छ। टर्कीको ‘टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याब’ले भामलाई उक्त पुरस्कार प्रदान गरेको हो।

पुरस्कार रकम पाएसँगै ‘चिसो वर्ष’ नेपाल–टर्कीको सह–निर्माणमा बन्नेछ। चलचित्रको छायांकन २०२० को अप्रिलबाट शुरु हुने भनिएकोमा कोरोना महामारीको कारणले अर्को वर्षको सुरुवातमा गर्ने निर्माण टोलीले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू