अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९
| Colorodo: 07:24
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागीहरुले बताएका छन् ।
सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड लिएर कोरिया जान पाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । प्रहरीले भने केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ ।