अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३२ | Colorodo: 21:47

सुरुङमा पानी छोडेपछि मेलम्ची आयोजना नयाँ चरणमा

बिआरटीनेपाल २०७७ असार २१ गते ७:४८ मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आज पानी छोडिएपछि सरकारले मेलम्ची आयोजना नयाँ चरणमा प्रवेश गरेको जनाएको छ । सिन्धुपाल्चोकको मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आज पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको आज खानेपानी मन्त्रालयले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको हो ।

विभिन्न समस्या र चुनौती पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको खानेपानी मन्त्री बिना मगरले बताउनुभयो । सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ ।

अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड दुइ सय ६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ । पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिक अनुमान गरिएको खानेपानी मन्त्री मगरले बताउनुभयो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू