अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो स्थायी समिति बैठक

बिआरटीनेपाल २०७७ असार ४ गते ७:३८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)ले एमसिसीबारे छलफल गर्न स्थायी समिति बैठक बोलाएको छ ।एमसीसीको विषयलाई पार्टीभित्र विवाद र अनेकथरी टिकाटिप्पणी हुन थालेपछि नेकपाले त्यसबारे छलफल गर्न असार १० गतेका स्थायी समिति बैठक बोलाएको हो ।

नेकपाभित्र एमसिसी परियोजनाबारे मतभेद देखिएको छ । गएको माघमा बसेको केन्द्रीय कमिटी बैठकमा एमसीसी संसदबाट पारित गर्ने कि नगर्ने ? भन्नेबारे मतभेद भएपछि नेकपाले त्यसबारे विस्तृत अध्ययन गरी वरिष्ठ नेता झलनाथ खनालको संयोकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावल सदस्य रहनु भएको कार्यदलले एमसीसीबारे पार्टीमा प्रतिवेदन बुझाइसकेको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनबारे नेकपामा सचिवालयमा २ चरण छलफल भइसकेको छ । सचिवालयको छलफलपछि नेकपाले कार्य दलले तयार पारेको एमसीसी प्रतिवेदनबारे स्थायी समितिमा छलफल गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू