अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति २०२०-२०२२ को निर्वाचन समिति गठन

बिआरटीनेपाल २०७७ जेठ २६ गते २१:४१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय कार्यसमिति २०२०-२०२२ का लागि निर्वाचन सम्पन्न गर्न डा. चुडामणि खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

दुई बर्षका लागि हुने केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नयाँ विधान बमोजिम अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (पाँच महादेशीय प्रतिनिधि), महासचिव, सचिव, कोषाध्यक्ष, ५ जना सदस्यहरु निर्वाचित हुने छन् ।

अघिल्लो निर्वाचनमा निर्वाचन समिति सदस्य रहिसक्नु भएका खनालको नेतृत्वमा तिर्थराज पाण्डे(अमेरिका), बिजय भट्टराई (डालस, अमेरिका), कुमार सिम्खडा (बेलायत), पुष्पा खनाल ( नेपाल) सहित ५ सदस्यीय निर्वाचन समिति रहेको छ ।

अनेसासको विधान अनुसार जुलाई १० सम्ममा केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने अवस्था रहेकोले निर्वाचनका लागि सदस्यता अपडेटलगायतका आन्तरिक कार्यहरु द्रुतरुपमा भइरहेको जानकारी अध्यक्ष राधेश्याम लेकालीले जानकारी गराउनु भएको छ ।

अबको केहि दिनभित्र मै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरे पछि निर्वाचन प्रक्रियाले गति लिने जानकारी केन्द्रीय महासचिवले जानकारी गराउनु भएको छ ।

संसार भरि दर्जनौ च्याप्टर रहेको प्रवासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक संस्था अनेसासले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू